सामसङ्ग मोबाइल कार्निभल ,जुनसुकै ब्रान्डका मोबाइल एक्सचेञ्ज हुने

सामसङ्ग मोबाइल कार्निभल ,जुनसुकै ब्रान्डका मोबाइल एक्सचेञ्ज हुने

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् ।
हालको मितिसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ ।
मेलामा एक्सचेञ्ज गर्न आउनु भएका एक ग्राहकले भन्नुभयो ’यस्तो किसिमको कार्निभलले म जस्ता पुराना मोबाइल साट्नु पर्ने अबस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अबसर जुराई दिएको छ ।’
हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै भन्नू भयो “हामी यस्ता किसिमका अबसर हाम्रा ग्राहक महानुभावहरुलाई उपलब्ध गराउँदै जानेछौँ । साथै यसमा सहभागी हुनुहुनेहरु प्रति कृतज्ञ हुनेछौँ । यो एउटा यस्तो अवसर हो, जहाँ कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नुहुने छ । मलाई आशा छ यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ ।”

मेला आयोजना भईरहेका सामसङ्ग प्लाजा निम्न ठाउमा छन् ।
१. सामसङ्ग प्लाजा, दरवारमार्ग, काठमाडौं
२. सामसङ्ग प्लाजा, नयाँ बानेश्वर, काठमाडौं
३. सामसङ्ग प्लाजा, सिभिल महल, काठमाडौं
४. सामसङ्ग प्लाजा, सुर्र्यिवनायक, भक्तपुर
५. सामसङ्ग प्लाजा, नयाँ बजार, काठमाडौं
६. सामसङ्ग प्लाजा, चुच्चेपाटी, काठमाडौं
७. सामसङ्ग प्लाजा, कुपोन्डोल, ललितपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ