प्रेम दिवशको अवसरमा के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा, १५ दिन सम्म चल्ने

प्रेम दिवशको अवसरमा के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा, १५ दिन सम्म चल्ने

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ ।
के एल मोबाइलहबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवातगर्दै मोबाइलहबले दशैं तिहारमा सञ्चालनभएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइलहबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहितअफर भित्र पनि अफरनामको मोबाइल मेलाआयोजनागरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्मचल्ने मोबाइलमेलामामोबाइलखरिद गर्नेले एउटा मोबाइलकिन्दासित्तैंमाअर्को एउटा मोबाइलपाउने छन् । यसका साथै हातखालीनजाने उपहारहरु पनिग्राहलाई मोबाइलहबले बितरण गर्नेछ ।
मेलामामोबाइलखरिद गर्दा मोबाइलहबले अनिवार्य रुपमाएफक्युबसिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपनप्रदानगर्ने जनाएको छ ।

साथै मोबाइलहवले मेलाअवधिभरी विभिन्नकिसिमका खेल तथाअफरहरु पनिसञ्चालनगरिरहेको छ । जसमागल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्नकिसिमकाउपहार तथा छुट पाउने छन् ।गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइलखरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेलाअवधिभरी आयोजनाहुने फोटो कन्टेस्टमा प्रथमर दोस्रो हुनेलाई क्रमशःओप्पोको एफफाइभमोबाइलतथाभिभोकोे भि ७मोबाइलप्रदानगरिने मोबाइलहबकानिर्देशक संगम राइले बताए ।
मोबाइलहबले ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीदगर्दा क्लब डेजाभुको १ वर्षका लागिप्रिभिलेज कार्ड पनिउपलब्ध गराउनेछ । मोबाइल मेलाफेब्रुअरी २८ सम्मचल्ने छ ।

दशैंतिहारको उपहार खोलियो, कसले के जिते ?

यसै बिच मोबाइलहबले दशैं तिहारमा सञ्चालन गरेकोअफर भित्रपनिअफरको गोलाप्रथाखोलेर विजेताहरु छनौट गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्र्ड भिजन र केएलमोबाइलहब र एप्पल वल्र्ड दरबामार्गमामोबाइलखरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वानफाइभमोटरसाइकलकुपननम्बर ११५८ का बुढानिलकण्ठबस्ने नबिनश्रेष्ठले पाएका छन् । त्यसै गरि कुपननम्बर २२०७ का कालिमाटीबस्ने सफलन्यौपानेले आइफोन ८ पाएका छन् । कुपननम्बर २६९३ का हात्तिबनबस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । १०५० कुपननम्बरका बौद्धबस्ने शिक्षालामाले भिभोको वाई ५३मोबाइलजितेकी छन् । कुपननम्बर २२४७कीयांगीशेर्पाले जेडटीईको एस ६मोबाइलजितेकी छन् । कुपननम्बर २५४९ काबल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइलजितेका छन् ।

विश्वबजारमापाइने २५भन्दा बढी मोबाइलकम्पनीकाउत्पादनहरु मोबाइलहबमाउपलब्ध छन् । हबमाएमआइ, आइफोेन, सामसङ, सोनीएक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

मोबाइलहबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा, मोबाइलएक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधापनि रहेको छ । टच एन्ड फिलजोनतथाअलगअलगमोबाइलकम्पनीकाप्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्थाहबले मिलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ