‘भ्यालेन्टाइन डे’ मा घुम्न र बिहे गर्न नमान्दा युवतीको अपहरण पछि बलात्कार !

‘भ्यालेन्टाइन डे’ मा घुम्न र बिहे गर्न नमान्दा युवतीको अपहरण पछि बलात्कार !

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२ फागुन, काभ्रे । प्रणय दिवसमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ ।

‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाह गर्न गरेकाे प्रस्ताव गर्दा अस्वीकार गरेपछि   भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेको छ ।

उनले भनिन् , मैले मानिनँ’ पीडित युवतीले प्रहरीलाई भनिन्, ‘त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट अपहरण गरेर खै कता लगे, थाहा छैन, बिहान ८ बजेतिर प्रहरी चौकी पनौतीले मलाई उद्धार गर्‍यो ।’

अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

विष्टसहित ३/४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्‍याएको प्रहरीको भनाइ छ ।

युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार विहान पीडितको उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए ।
उद्धारपछि युवतीले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् ।

पीडितको जाहेरीका आधारमा अपरहण तथा जवरजस्ती करणीको मुद्दा दर्ता समेत भएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ