लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं । काठमाडौंदेखि बिराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटर लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुनेआयोजना गरिने भएको छ । भोलि फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुनेमा १ सय १ कारको सहभागिता रहने छ ।
काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्ने छ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ ए१, ए२, बी१ र बी२ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा उक्त ¥यालीको आयोजना हुने भएको हो ।
लायन्स मल्टिपल काउन्सिल चेयरम्यान बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा मोटर ¥याली प्रारम्भ हुनेछ । लायन्स फेस्टिभललाई सहयोग पुगोस् भन्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको हो । यसबाट सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश समेत प्रवाहित हुने ¥याली संयोजक तथा ३२५ ए१ का रिजन चेयरपर्सन किशोर भट्टराईले बताए ।
एउटा कारमा बढीमा ४ जना सहभागी हुनेछन् । लक्की ड्रमार्फत ¥यालीमा सहभागीहरु मध्येबाट टर्किस एयरलाइन्सले अमेरिका भ्रमणको अफर उपलब्ध गराउने भएको छ ।
बिराटनगरमा हुने कार्यक्रममा हाजिरी जवाफ, फुटवल प्रतियोगिता, भलिबल प्रतोयोगिता, टग अफ वार, ब्याडमिन्टन प्रतियोगिता, चेस प्रतियोगिता आदि आयोजना हुनेछ । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ ।
लायन्सले सन् २०१७–२०१८ लाई सेन्टेनियल इयरको रुपमा मनाउदै छ । सोही अवसरमा १ सय १ कार सहितको ¥याली आयोजना गरिएको ¥यालीका प्राविधिक संयोजक तथा डिष्ट्रिक्ट ३२५ ए१ का जोन चेयरपर्सन मधुसूदन सिग्देलले बताए ।
लायन्सका लागि बिराटनगर ऐतिहासिक स्थल समेत हो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा बिराटनगरबाटै नेपालमा लायन्सको स्थापना भएको थियो । यसकारण पनि यस पटकको लायन्स मल्टिपल फेस्टिभल विशेष महत्वको रहेको लायन्सहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ