एजेन्सी , २ फागुन ।
भ्रष्टचारको आरोपमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था अक्सफामका अध्यक्ष जुआन अल्बर्टो फुएन्टस ग्वाटेमालाबाट पक्राउ परेका छन् ।
अल्बर्टोलाई अनुसन्धानका लागि भन्दै ग्वाटेमाला प्रहरीले पक्राउ गरेको हो । अल्बर्टो ग्वाटेमालाका अर्थमन्त्री रहदा भ्रष्टाचार गरेको आरोप छ । अल्बर्टो पक्राउको घटना अक्सफामसँग भने नजोडिएको बताइएको छ ।
सन् २०११ मा हैटीमा अक्सफामका उच्च कर्मचारीबाट नै यौन दुव्र्यवहार भएको आरोप लागिरहदा अध्यक्ष नै पक्राउ परेपछि अक्सफामलाई अर्को झट्का लागेको हो ।
यौन दुव्र्यवहारमा परेकामध्ये केही बालिका समेत रहेको बताइएको छ । सोही आरोपका कारण अक्सफामका सहायक प्रमुख कार्यकारी पेन्नी लरेन्सले पदबाट राजिनामा दिइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline