पत्रकारको तलव बृद्धि गर्न माग

पत्रकारको तलव बृद्धि गर्न माग

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, २ फागुन ।
नेपाल पत्रकार महासंघले पत्रकार, कर्मचारी र मजदुरहरुको तलब बृद्धिका लागि सिफारिश गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिसमक्ष माग गरेको छ ।

महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले बढ्दो महङ्गीलगायतका कारणले जीवीकोपार्जनमा देखिएको कठिनतालाई समेत मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न समितिको ध्यानाकर्षण गरेको हो ।

महासंघका सचिव तथा श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको प्रतिनिधिमण्डलले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाएको छ ।
टोलीले २०७२ साल असारमा समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिले समय सापेक्ष नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम थाल्न अनुरोध गरेको छ ।
समितिका सह संयोजक जन्मदेव जैसीले आज बिज्ञप्ति जारी गरि यसरी पुनरावलोकन सिफारिस गर्दा तत्कालिन सुरेश आचार्य समितिले औल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन गर्न, खेम भण्डारी समितिको प्रतिवेदनमा उल्लेखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि, स्ट्न्जिरहरुको न्यायोचित व्यवस्थापन र हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शी व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण पनि गरिएको बताउनु भयो ।

बिज्ञप्तिमा यी माग यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रन बाध्य हुने चेतावनी समितिले दिएको बताईएको छ । प्रतिनिधिमण्डलमा समितिका सहसंयोजक जैसीसहित सदस्यहरु यम विरही, टिकाराम प्रधान र टेकराज थामी सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी