काठमाडौं, फागुन २ ।
आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।
नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजन गरिएको छ । आज दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
अहिले विश्वभर युवायुवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक कमजोर तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्दै आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाउदै धेरै सैनिकको सार्वजनिक रुपमै विवाह गराएका थिए । त्यसैको फलस्वरुप उनलाई मृत्युदण्डको सजायँ सुनाएर जेलमा राखिएको थियो ।
जेलमा रहदा सन्तको जेलरी दृष्टिविहीन छोरीसँग माया बसे पछि उनले आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइन लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर र आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।
उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।