प्रदेश नम्बर ५ को सभामुखमा पूर्णबहादुर घर्ती पक्का

प्रदेश नम्बर ५ को सभामुखमा पूर्णबहादुर घर्ती पक्का

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

रुपन्देही ,फागुन २ ।
प्रदेश नम्बर पाँचको प्रदेशसभाको दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बुटवलमा रहेको संसद भवनमा बस्ने बताइएको छ ।

बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको छ । हिजो प्रदेश ५ को सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले मात्रै उम्मेदवारी दर्ता गरेका कारण उहाँ नै निर्विरोध निर्वा्चित भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
घर्तीको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने र समर्थकमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल रहनुभएको छ ।

रुकुम पूर्वबाट निर्वा्चित घर्तीलाई प्रदेश ५ को सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको थियो ।
प्रदेश ५ मा ८७ सांसदमध्ये एमाले र माओवादी केन्द्रका ६१ सांसद छन् ।

उम्मेदवारी दर्तापछि घर्तीले संसदलाई व्यवस्थित, मर्या्िदत र विवादरहित ढंगले सञ्चालन गर्ने बताउनुभयो । आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य बलदेब सर्मा पोखरेलले गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ