काठमाडौं, फागुन २ ।
विभिन्न तीन राजनीतिक दलले प्रतिनिधीसभाको समानुपातिकतर्फको विजयी उम्मेदवारको अन्तिम नामावली आज निर्वाचन आयोग समक्ष बुझाउने तयारी गरेको छ ।
तीन दल नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र र राजपाले निर्वाचन आयोगको पत्रबमोजिम समानुपातिक उम्मेदवारको नाम सच्चाएर आज पुनः आयोगमा नामावली बुझाउन लागेका हुन् ।
आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार छनोट नभएको भन्दै आज सम्ममा नामावली सच्चाएर बुझाउन कंग्रेस, माओवादी केन्द्र र राजपालाई गत माघ २९ गते पत्राचार गरेको थियो ।
आयोगका अनुसार तीनवटै दलले समावेश समूहको प्राथमिकता र क्रमसंख्या अनुसार नामावली पठाएका थिएनन् । त्यसै कारण यी तीन दलले आज नामावली सच्चाएर आयोगमा बुझाउन लागेका हुन् ।
आयोगले भने प्रतिनिधी सभा समानुपातिक तर्फको सांसदहरुको अन्तिम नामावली आगामी फागुन ५ गते सम्म राष्टपतिसमक्ष पेश गर्ने तयारी गरेको छ ।