हत्या-हिंसाको राजनीति सुरु भएको दिनलालाई सम्मान गर्न सकिँदैनः ओली

हत्या-हिंसाको राजनीति सुरु भएको दिनलालाई सम्मान गर्न सकिँदैनः ओली

  • मङ्लबार, फाल्गुन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१ फागुन,काठमाडौं । जनयुद्ध दिवसको अबसरमा पेरिसडाँडामा अायोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अाएनन् । माओवादी केन्द्रका युवा संगठन वाइसीएल नेपालले ओलीलाई कार्यक्रममा ल्याउने हर प्रयास गरेको थियो । वाइसीएल नेपालको निम्तो पाएपछि सुरुमा सकारात्मक जवाफ दिएका ओली फागुन १ गतेलाई अाफुले सम्मान गर्न नसक्ने बताउँदै कार्यक्रममा सहभागी भएनन् ।

एमाले अध्यक्ष ओलीले जनयुद्धलाई जनयुद्ध नभएर राजनैतिक भुलले हत्या-हिंसा निम्त्याएको बताउँदै अाएका छन् । चुनावको केही दिनअघि अन्‍नपूर्णलाई दिएको अन्तरवार्तामा पनि ओलीले जनयुद्ध माओवादीको राजनीतिक भुल भएको बताएका थिए ।

वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा अन्तरक्रिया कार्यक्रममा ओलीलाई अतिथिको निम्तो पठाएको थियो ।

वाइसीएलले ओलीलाई कार्यक्रममा बोलाएर जनयुद्ध र प्रचण्डलाई नेतृत्व स्वीकार गर्ने वातावरण सिर्जना गर्न खोजेको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रचण्ड भएका कारण पनि ओली नअाएको बताइएपनि त्यो मुख्या नभएको बालकोट स्रोत बताउँछ ।

सामाजिक संजाल र माओवादी केन्द्र निकट संचारमाध्यमहरुले एमाले अध्यक्ष ओली जनयुद्ध दिवसमा अाउने समाचार सम्प्रेशण गरेपछि बालकोटमा पनि छलफल भएको बताइएको छ । स्रोतका अनुसार ओलीले फागुन १ गतेलाई अाफूले सम्मान गर्न नसक्ने धारणा राखेको थिए । उनले माओवादीले सुरु गरेको हत्या र हिंसाको राजनीति र फागुन १ गतेलाई सम्मान गर्नुको कुनै अर्थ नहरेको बताए ।

अध्यक्ष ओलीले बेलायती रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएकोले अाउन नसकेको एमाले नेताहरुले बताएका छन् तर यो पूर्वनिर्धारित कार्यक्रम हो । दुई हप्ता पहिले नै निम्ता गरिएको थियो । चाहेको भए ओलीले बेलायती रक्षामन्त्रीसँगको भेटलाई केही पछी सार्न पनि सक्थे ।

ओली नअाएपछि प्रचण्ड एक्लैले कार्यक्रमको उद्घाटन गरे । प्रचण्डले जनयुद्ध दिवसकै दिन पार्टी एकता भएको घोषणा गर्ने बताए । उनले फागुन १ गते एमालेसँग एकता भए अाफूलाई सबैभन्दा खुशीको दिन हुने धारणा राखे ।

जनयुद्धलाई नै नस्वीकार गर्ने ओलीले फागुन १ गते पार्टी एकताको घोषणा गर्न तयार होलान् भन्‍ने कुरा त्यति पत्यारिलो नभएपनि प्रचण्डले एमालेसँग फेरि वार्ता गरेर अाजै टुंग्याउने तयारी भइरहेको बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रमको अायोजना गरेका छन् । माओवादी नेताहरु लोकेन्द्र विष्टमगर, गोपाल किराती र अाहुतीलगायतका नेताहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।-अनलाईनडवलीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी