चीनले बनाउँदै छ ३० हजार मान्छे बस्ने विश्वकै नमूना सहर, यस्ता छन् विशेषता

चीनले बनाउँदै छ ३० हजार मान्छे बस्ने विश्वकै नमूना सहर, यस्ता छन् विशेषता

  • मङ्लबार, फाल्गुन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

जलवायु परिवर्तन र यसबाट निम्तिएको संकट न्यूनिकरण गर्ने उद्देश्यले चीनले विश्वकै नमूना सहर बनाइरहेको छ ।

लिउझोउमा चीनले ‘वन सहर’ बनाइरहेको हो, जहाँ ३० हजार मानिस बस्न सक्ने एउटा यस्तो सहर बनाइरहेको छ, जहाँ हरेक घरमा हरियाली पाइनेछ ।

दक्षिण चीनकमो गुआङ्गझीस्थित लिउझोउमा बन्दै गरेको यो सहर केही वर्षमै तयार हुने छ । यो सहरमा आवास, होटल, अस्पताल, विद्यालय लगायतका आधुनिक भवन हुनेछन् । प्रत्येक भवनमा रुख रोपिएका छन् । यो सहरमा ४० हजार रुख र विभिन्न एक सय प्रजातिका १० लाख बिरुवा तथा झाडी हुनेछन् ।

यी रुखबिरुवाले प्रतिवर्ष १० हजार टन कार्वनडाइअक्साइड र ५७ टन प्रदुषणलाई अवशोषित गर्ने चिनियाँ अधिकारीहरुको भनाइ छ । त्यसैगरी यो सहरमा भएका रुखबिरुवाले प्रतिवर्ष ९०० टन अक्सिजन उत्पादन हुने बताइएको छ ।

हरेक घरमा भू–तापीय उर्जा र सौर्यप्लानलसहितका छतबाट संचालित एयरकन्डिशन हुने सहरलाई विद्युतीय सवारी साधन र द्रुत गतिको रेलसेवामार्फत यातायात संजालसँग जोडिनेछ ।  लिउझोउ नगरपालिकाको शहरी योजनाद्वारा तयार पारिएको परियोजनालाई स्टिफानो बोएरीले डिजाइन गरेका हुन् ।

शहरमा हुर्काइएका रुखबिरुवाले तापमानलाई नियन्त्रण गर्नेछ भने ध्वनि प्रदुषण नियन्त्रण गर्ने तथा पशुपंक्षीका लागि आवास दिने हुनाले जैविक विविधतामा सुधार आउने अपेक्षा गरिएको छ । सहरको निर्माण सन् २०२० बाट सुरु हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी