जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाद्धारा एलसेलमाथि देशव्यापी आक्रमण : कहाँ कति क्षती ?

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाद्धारा एलसेलमाथि देशव्यापी आक्रमण : कहाँ कति क्षती ?

  • मङ्लबार, फाल्गुन १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाण्डौ, १ फागुन ।

एकिकृत जनजागरण अभियान अन्तरगत भण्डाफोर तथा जनकार्वाहि तिब्र पार्दै लगेको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको पुर्बसन्ध्यामा एनसेल कम्पनीमाथि देशब्यापी आक्रमण गरेको छ ।

राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक नेकपाले गरेको आग्रह अस्वीकार गर्दै आएको एनसेल कम्पनिका देशैभर रहेका एनसेलको टावरमाथि नेकपाले एकैसाँथ तोडफोड तथा आगजनि गरेको हो ।

नेकपाले काठमाण्डौमा रहेका एनसेलका दुई ओटा टावर , भत्तपुरमा रहेको एउटा टावरमाथि आक्रमण गरेको छ । उता ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ । त्यस्तै धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ ।

ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावर

एनसिएलले २२ अर्ब राजस्व नतिरेको, दलालहरुले राष्ट्रिय पुजीलाई विदेश पलायन गराएको, सिमको चार्ज शुल्क महङ्गो बनाएर ग्राहकलाई शोषण गरिराखेकोले कारबाही गरिएको पनि नेकपाले स्पष्ट पारेको छ ।

                          डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली , मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, कंचनपुरको बेदकोट र शुक्लाफाँटा टावर, डडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीको टिकापुर र जानकिनगर टावर, सुर्खेतको तिनवटा टावर र जाजरकोटमा दुईवटा टावरमा पनि तोडफोड र आगजनी गरेको छ ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडा तथा रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनैस्थित एनसिएलको टावरमा समेत आक्रमण गर्दा टावर ध्वस्त भएको छ ।

 मकवानपुर जिल्लाको मनहरीस्थित एनसेल टावर र बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैया बाजारस्थित एनसेल टावर ।

एनसेल टावरको आक्रमनका कारण ती क्षेत्रहरुमा एनसेल सेवा अबरुद्ध भएको पनि जनाईएको छ ।
एनसेलले ग्राहकलाई शोषण गरेको राजस्व ठगी गरेको भन्दै नेकपाले पटकपटक कर तिर्न आग्रह गर्दै आएको थियो । गत वर्ष पनि नेकपाका कार्यकर्ताले देशव्यापी गरी १०० औं स्थानमा आगजनी गरी करोडौंकोे क्षती पु¥याएका थिए । आजको आक्रमणबारे बिस्तृत विवरण भने आईसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी