जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीद्वारा दिप प्रज्वलन

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीद्वारा दिप प्रज्वलन

  • सोमवार, माघ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

२९ माघ,दाङ । जनयुद्धको पूर्वसन्ध्यामा दाङमा दिप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा सोमबार साँझ दाङका विभिन्न ठाउँमा दिप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

२३ औ जनयुद्ध दिवस अवसरको पूर्वसन्ध्या दाङका तुलसीपुर, घोराही, लमही, भालुबाङलगायतका ठाउँहरुमा जनयुद्ध सुरुवातको दिनलाई सम्झना गर्दै सहिदको सम्झना गर्दै दिप प्रज्वलन गरिएको नेकपा दाङले जनाएको छ ।

यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी तुलसीपुर नगर कमिटिको आयोजनामा तुलसीपुको विरेन्द्र चोकमा दिपप्रज्वलनपछिको कार्यक्रमलाई तुलसीपुरका इन्चार्ज किरण डाँगीले सम्बोधन गरे । उनले जनयुद्धको मर्म र भावनालाई धोका दिएर केहि नेताहरुले प्रतिक्रयावादी सत्तामा पतन गराएपनि त्यसलाई आफूहरुले पूरा गरि छाड्ने प्रतिवद्धता जाहेर समेत गरे ।

घोराहीको तुलसीपुर चोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका घोराही इन्चार्ज बिहानी थारुले जनयुद्धको लक्ष्य र उदेश्यलाई एकिकृत जनक्रान्तिको कार्यदिशाले मात्र पूरा गर्ने बताए । दलाल पुजीवादी संसदीय व्यवस्थाले जनयुद्धको मर्म भावनालाई कुल्चेकाले जनयुद्धका अधुरा र अपूरा कार्यभार पुरा गरेरै छाड्ने उद्घोष गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी चौधरीले राष्ट्रियता र जनअधिकारका लागि क्रान्तिकारीहरु एक ढिक्का भएर लाग्नु पर्ने अावश्यकता रहेको बताए ।

यसैगरी नेकपा झापाले पनि दिप प्रज्वलन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी