माओवाद :सर्वहाराबादी क्रान्तिको यौटा महत्त्वपूर्ण बिज्ञान ,माक्र्सवादको तेस्रो ठुलो विकसित रुप हो यश अर्थमा माक्र्सवाद लेलिनवाद्को माओवाद उस्ता उस्तै अविभाज्य बिज्ञान हो ।
लामो समयमा सर्वहाराबादी आन्दोलनको बिकस संग सगै यस्ले पहिले माक्र्सवाद तेस पछि माक्र्सवाद -लेलिनवाद अहिले माक्र्सवाद -लेलिनवन-माओवादको रूपमा बिकास गरेको छ। सर्वहारा क्रान्तिको पनि तीन अंगहरु छन ।
१.दर्शन २.राजनैतिक ३.बैज्ञानिक समाजवाद यी तिनै वटा अंगको रचनात्मक र गुणात्मक बिकास भयर नै समग्र बिज्ञानले नयाँ चरनमा बिकाशको गति लिनेे छ ।यी तिनै अंग मध्ये बैज्ञानिक समाजवादले वर्गसंघर्षको मुल क्षेत्र समाबेश गर्ने हुँदा यस्लाइ आधार मानेर हामी मालेमावादि बिज्ञानको मुख्य सारत्व विश्लेषण गर्न सक्छौ ।
माक्र्सवादको मुख्य सारत्व भनेको:बर्गविहिन समाज प्रप्तिको लागि अन्तरिम राज्य सत्ताको सर्वहारा अधिनाकत्वको साम्यबाद तर्फ निरन्तर विलोपिकरणको अबधारणा हो ।कार्ल माक्र्सको जिवण कालमा छोटो अवधिको पेरिस कम्युन बाहेक कुनै सफल सर्वहाराबादी क्रान्ति समाप्त हुने स्थिति नबनेकोले सैद्धान्तिक रूपमा अवधारणा लाई स्थापित गर्नु बाहेक सर्वहारा अधिनायकत्वको कुनै व्यबहारिक परिक्षण अनुभव हुन सकेन ।
कार्ल माक्र्स ऐगेल्सले सबै प्रकारको उन्मुलन चाहाने अराजकताबादि सग चर्को संघर्ष गरिरहनु पर्यो यसकारण भन्ने जस्तो सोचे जस्तो क्रान्ति सम्पन्न हुन सकेन्न,नस्केपनि सर्वहारावादि क्रान्तिको नियम लाई माक्र्सवादको रुपम संस्लेसित गर्ने काम माक्र्सवादको मृत्यु पछि यस्को भुमिका ऐगेल्स द्वरा भयो।
मानव इतिहासको सुरुमा सर्वहारावादी क्रान्ति सम्पन्न गर्न सोभियतको रूपमा केही नहुने अधिनायकत्ववादको स्थापना गर्ने काम कमरेड लेलिनको नेतृत्वमा रुसमा सम्पन्न भयो फलस्वरूप क्रान्तिको बैज्ञानिक रुप पनि माक्र्सवाद-लेलिनवादको रुपमा दुत गतिमा विकसित भयो र पछी रुसी अक्टोबर क्रान्तिको केहि समय भित्र लेलिनले पनि संसार बाट बिदा हुनु पर्ने भएकोले फेरि जनवादी क्रान्तिको मुल नेतृत्व गर्ने सर्वहाराबर्गको सचेत अग्रद्स्ताको रूपमा गढित नेतृत्व कम्युनिस्ट पाटी विकसित सोभियत सत्ता भित्र बर्गिय समाजको देहावसान नहोञ्जेल निरन्तर पैदा हुने अन्तर बिरोधको नियमहरुको हल गर्दै साम्राज्यवाद तर्फ निरन्तर क्रान्ति अगाडि बढाइ राख्ने र सामान्य दिशा निर्देशन गर्नु बाहेक ठोस सिद्धान्त प्रतिपादन कार्यनयन गर्न सम्भावना रहेन्न त्यो ऐतिहासिक त्यो दाहित्व :लेलिनका उत्तर धिकारि स्टालिनको आइपर्नु स्वभाबिक भयो ।
पहिले सर्वहारा बर्ग अधिनायकत्ववाद सम्बन्धि बिगतमा अनुभव कमि भएको कारण माओले भनेका थिए स्टालिनको चिन्तामा रहेको अधिभुतबादी कमजोरिको कारण सोभियत संघमा स्टालिनको मृत्यु पछि कम्युनिस्ट पाटी र सोभियत सत्ता नोकरशाही बुर्जुवा अधिनायकत्ववादको साधनमा परिणत हुन गयो तेस पछि रुसमा प्रति क्रान्ति सुरु भयो ७०दिन मात्र अस्तित्वमा रहेको पेरिस कम्युनको मृत्यु पश्चात् यो रुसि प्रतिक्रान्तिको घटना विश्व सर्वहारावादि आन्दोलनमा गम्भीरता पुर्बक नकारात्मक परिघटना थियो। त्यसबाट उचित पाठ सिकेर सर्वहारा अधिनायकत्ववादको रक्षा र बिकस गर्दै यस्ललाइ निरन्तर बैज्ञानिक क्रान्तिको माध्यम बाट साम्यवाद तर्फ लाने प्रयास नै माओको बिस्व कम्युनिस्ट आन्दोलनमा सबै भन्दा ठुलो योगदान थियो त्यही योगदान बाट माओको पहिले देखिका क्रान्तिकारी सहयोदाहरुले गुणात्मक उचाइ हासिल गरे यसैकारण हामी सम्पुर्ण जनसमुदायले आज माओवादको स्वरुप ग्रहण गर्दै त्यो माक्र्सवाद लेलिनवाद्को उच्च विकसित रुप बन्न पुग्यो ।
लेखक: नकुल चौलागाईं, सचीव काभ्रे काठमाडौं जनगणतान्त्रिक-सम्पर्क मञ्च