विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी सम्हाले

विश्वराज पोखरेलले महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी सम्हाले

  • सोमवार, माघ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ, २९ माघ ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।

प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको हिजो सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।

आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।

शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघिका प्रहरी उपरिक्षक धानुकलाई पूर्व एआईजी नवराज सिलवाललाई पक्राउ गर्न नसकेको भन्दै हटाईएको प्रहरी स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ