भारतीय सेनाध्यक्ष रावत आज काठमाडौ आउदै

भारतीय सेनाध्यक्ष रावत आज काठमाडौ आउदै

  • सोमवार, माघ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ २९ माघ ।
भारतीय सेनाध्यक्ष विपिन रावत तीन दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।

उहाँ नेपाली सेनाको स्थापना दिवसका अवसरमा भोली राजधानीमा आयोजना हुने कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नुभएको थियो ।

नेपाली र भारतीय सेनाध्यक्षलाई एक अर्को देशको सेनाको मानार्थ महाराथी सम्मान दिने प्रचलन छ । भारतीय सेनाध्यक्ष रावत बुधबार स्वदेश फर्किनुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ