काठमाडौं, २८ माघ ।नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतबाट पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहा गर्न माग गरेको छ ।माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको सुर्खेतस्थित कार्यालयमाथि आक्रमण गरेको आरोपमा अाफ्ना कार्यकर्ता पक्राउ गरेकाे प्रति नेकपाले घाेर आपत्ति जनाउदै तत्काल रिहा गर्न माग गरेको छ ।
आज बिहान प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य टेक्निकल , प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य तथा शिक्षक संगठन सुर्खेतका संयोजक हरिलाल महतारा , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नेकपाका जिल्ला सदस्य गाेमा अाेली र सर्जन सिंहलाई सुर्खेतबाट गिरफ्तार गरेको थियाे ।
पक्राउ परेका कार्यकर्ता नछाडे नेकपाले शसक्त अान्दाेलन गर्ने बाध्य हुने चेतावनी समेत दिएको छ ।