काठमाडौं, २८ माघ ।
नेपाल कम्युनिस्ट पार्टीले जीएमआरको सुर्खेतस्थित कार्यालयमा आक्रमण गरेको छ । नेकपाको आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ ।
नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा बिरोध जनाउदै आएको नेकपाले बिदेशी शासकको स्वार्थ र नेपालका संसदबादी दलका नेताको आत्मसमर्पणको भण्डाफोर गर्दै नेपालको प्राकृतिक स्रोत र साधन कुनै पनि हालतमा विदेशीलाई सुम्पन नसक्ने बताउदै आएको थियो ।
बिगत देखिनै रास्ट्र , रास्ट्रियता र जनतालाई केन्द्र भागमा राखेर संघर्ष गर्दै आएको नेकपाले पार्टीको सोहि नीति अनुरुप जीएमआरमाथि कारबाही गरेको बुझिएको छ ।
यसैबीच , प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपाका तिन जना कायकर्तालाई गिरफ्तार गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline