इजरायलद्वारा सिरियामा भीषण हवाई आक्रमण

इजरायलद्वारा सिरियामा भीषण हवाई आक्रमण

  • आइतवार, माघ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, माघ २८ । इजरायलले सिरियामा ठूलो आक्रमण गरेको छ । शनिवार गराएको हवाई आक्रमण गएको ३० वर्षयताकै सम्भवतः सबैभन्दा ठूलो रहेको इजरायली सेना स्वयंको दावी छ ।

सीमा क्षेत्रमा बढेको हिंसाप्रति अमेरिका र रूसले भने चिन्ता व्यक्त गरेका छन् ।

इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमास्कस नजिकैका सैन्य अखडामा हवाई आक्रमण गरिएको बताए ।

निशाना बनाइएका १२ वटा अखडामा ८ वटा इजरायली विमानलाई गोली हान्ने सिरियाली सैन्य केन्द्र तथा चार वटा सिरियास्थित इरानी अखडा रहेको उनको भनाइ छ ।

सिरियाले शनिवार इजरायली लडाकु विमानलाई गाली हानी जमीनमा खसालेपछि इजरायलले जवाफी आक्रमण गरेको जनाएको छ ।

इजरायलको पछिल्लो आक्रमण सन् १९८२ मा लेबनानी युद्धका बेला भएको आक्रमणपछिको सबैभन्दा महत्वपूर्ण भएको इजरायल हवाई फौजका वरिष्ठ अधिकारी टोमर बारको भनाइ छ ।

एउटा इरानी ड्रोन आफ्नो भूभागमा प्रहार गरिएपछि एफ–१६ लडाकु विमानले आक्रमण गर्दा सिरियाले गोली हानी उक्त विमान खसालेकाले जवाफमा उत्रनु परेको इजरायलको भनाइ छ ।(एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ