२७ माघ,ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतमा पहिलो पटक ध्वनी प्रदुषण विरुद्ध निषेधाज्ञाको रिट परेको छ । रिट उपर आईतबार बिहान १० बजे पेशी तोकिएको रिट निवेदक सूर्य प्रसाद लिम्बूले जानकारी दिए ।
सदरमुकाम फुङ्लिङमा अवस्थित पाथीभरा बहुमुखी क्याम्पस स्तरोन्नती (मास्टर्स डिग्री) को लागि श्रीमत भगवत सप्ताह ज्ञान महायज्ञ २०७४ साल माघ २४ गतेदेखि संचालित छ । उक्त पुराणमा कथा वाचन र भजन ठूलो माईकमा जडान गरेर ध्वनी प्रदुषण भएको छ । उक्त गैर कानुनी क्रियाकलाप भएको जिकिर सहित पाथीभरा बहुमुखी क्याम्पस प्रमुख, प्रशासन र व्यवस्थापन समितिलाई बिपक्षी बनाई ताप्लेजुङ जिल्ला अदालतमा शुक्रबार रिट निवेदन परेको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३० को (१) र (२) मा ब्यवस्था भएको वातावरण सम्बन्धि मौलिक हक हनन भएको जिकिर रिट निवेदकको छ । उक्त संवैधानिक व्यवस्थाको मौलिक हक उल्लंघन भएको हुनाले स्थायी निषेधाज्ञा जारी गरि पाउँ रिट निवेदनमा उल्लेख छ ।
निवेदकले क्याम्पसलाई स्तरोन्नती गर्नको लागि पुराण लगाउन ठिक भए पनि बजारभरी ध्वनी प्रदुषण गर्नु, ठूलो आवाजले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख छ ।
रिट निवेदनमा “रिट निवेदक म नेपाली नागरिक हुँ । मलाई संविधानले स्वच्छ वातावरणमा स्वतन्त्र जिउने वैयक्तिक उपयोग गर्ने, ध्वनी प्रदुषण रहित वातावारणमा जिउने अधिकार प्रदान गरेको छ । मिति २०७४ साल माघ २४ गतेदेखि फुङ्लिङ नगरपालिका ४ नम्बर वडा स्थित श्री पाथीभरा बहुमुखी क्याम्पस प्रशासन र व्यवस्थापन समितिले क्याम्पसमा मार्टस डिग्री (स्नातककोत्तर) संचालनको लागि भनी ७ दिने श्रीमतभगवत ज्ञान महायज्ञ शुरु भएको छ । उक्त ज्ञानमहायज्ञ क्याम्पसलाई स्तरोन्नती गर्नको लागि ठिक छ ।
तर सप्ताह महायज्ञमा कथा बाचन भएको आवाजलाई ठूलो माईकमा जडान गरी फुङ्लिङको बजारभरी ध्वनी प्रदुषण गराएको, बिहान ७ बजेदेखि निरन्तर राती ११ बजेसम्म ध्वनी प्रदुषण भएको, ध्वनी प्रदुषणबाट दिर्घ रोगीहरु, उच्च रक्तचाप, युरिक एसिड, मधुमेह, माईग्रेन (बारम्बार दिर्घ टाउको दुखाई), बालबालिकामा सुन्ने शक्ति ह्रास हुँदै जाने समस्या, विभिन्न विद्यालयमा विद्यार्थीलाई पढ्नमा एकाग्रह नगराउने, ध्वनी प्रदुषणले मानसिक समस्या उत्पन्न हुने, डिप्रेशन हुने र अन्त्यमा मानसिक सन्तुलन गुम्ने खतरा हुन्छ, विभिन्न सार्वजानिक कार्यालयमा कार्य सम्पदनमा समस्या, म जस्ता धेरै उच्च रक्तचाप भएका व्यक्ति र समुदायलाई मानसिक तनाब र ध्वनी प्रदुषणले गर्दा स्वास्थ्यमा गम्भिर असर परिरहेको अवस्था बिगत ३ दिनदेखि विद्यमान भएको हुनाले विपक्षीहरुको गह्रकानुनी कामकार्बाहिलाई अबिलम्ब रोक्न, अन्य बैकल्पिक उपचारको बाटो नभएकोले बाध्य भई प्रस्तुत रिट निवेदन गर्न आएको छु ।” भनिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline