क्रान्तिकारी पत्रकारको राष्ट्रिय सम्मेलन बैशाखमा, भ्रष्ट र दलालीका विरुद्ध संघर्ष गर्ने

क्रान्तिकारी पत्रकारको राष्ट्रिय सम्मेलन बैशाखमा, भ्रष्ट र दलालीका विरुद्ध संघर्ष गर्ने

  • शनिबार, माघ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २७ माघ । जनपक्षीय पत्रकारिताका लागि संघर्ष गरिरहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सम्मेलनलाई जनपक्षीय पत्रकारिताको विकासका लागि बहसमूलक बनाउने निर्ण गरेको अध्यक्ष प्रभात चलाउनेले बताउनु भयो ।
तीन वर्षअघि हेटौडामा प्रथम राष्ट्रिय सम्मेलन गरेको संगठनले दोस्रो राष्ट्रिय सम्मेलन लागि निर्णयहरु गरेको छ ।
उहाँले श्रमजीवी पत्रकारहरुको हित प्रवद्र्धन गर्ने विभिन्न मुद्दाहरुका साथै प्रेस, अभिव्यक्ति र विचार स्वतन्त्रताको पक्षमा ठूलो बहस अन्तरक्रियात्मक कार्यक्रम गर्दै सम्मेलन गर्ने जानकारी दिनुभयो । त्यसका लागि संगठनले राजधानीसहित देशका विभिन्न भागमा उच्च स्तरका अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
त्यसैगरी संगठनले जनपक्षीय मिडियालाई व्यवस्थित गर्न र तिनको बृति विकासलाई ध्यानमा राख्दै उच्च प्रविधिसहितकोसूचना संकलन गर्ने र न्यूज कन्टेन्ट उत्पादन गर्ने व्यवस्थित कम्युनिस्ट न्यूज सेन्टरको स्थापना गर्ने निर्णय गरेको छ ।
हाल कान्तिपुर दैनिकमा आन्दोलन गरिरहेको संगठनले ठूला मिडिया हाउसमा पत्रकार र कर्मचारी मजदुरमाथि भइरहेको शोषणका विरुद्ध संघर्ष सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सञ्चार माध्यममा श्रमजीवी पत्रकार ऐनको पूर्ण रुपमा कार्यान्वयन गराउन दवाव दिने र ऐन कार्यान्वयन गर्न नमान्नेमाथि कारवाही गराउन पनि संघर्ष गर्ने संगठनले जनाएको छ ।
त्यसैगरी संगठनले जनताको हित गर्ने र जनपक्षीय मिडियाको संरक्षण तथा विकास गर्ने मिडिया नीति निर्माण हुन नसकेको ठहर गर्दै अन्तराष्ट्रिय अभ्यासको समेत अध्ययन गरी व्यवस्थित मिडिया नीति निर्माण गर्ने जनाएको छ । त्यसका लागि सबै सरोकारवालाहरुसँग छलफल गर्ने पनि संगठनले जनाएको छ ।
मिडियामा पनि केही भ्रष्ट, दलाल र जासुसी प्रवृति रहेको बताउँदै तिनका विरुद्ध पनि संगठनले अध्ययन गरी तिनको भण्डाफोर गर्ने निर्णय पनि संगठनले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ