काठमाडौं, २७ माघ ।
रामेछापका भुकम्पपिडितहरुलाई कुहिएको काठ वितरण गरिएकोप्रति नेपाल कम्युनिस्ट पार्टी, जिल्ला जनपरिषद् रामेछापले आपत्ति जनाएको छ ।
बि.स.२०७२ मा गएको भुकम्पबाट क्षतिग्रस्त जनताको आवास पुनः निर्माणका लागि पुननिर्माण प्राधिकरणले उपलब्ध गराएको काठ कुहिएको पाईएपछि नेकपा जनपरिषदले आपत्ति जनाएको हो ।
पिडितलाई दिन तयार पारी जिल्ला समन्वय समितिको कार्यालय हाताभित्र राखिएको काठ आज पानीले भिजेर मकिएको तथा पुर्ण रुपमा किराले खाएर मौरीको घार जस्तो खोक्रो भएको अवस्थामा भेटिएको जिल्ला जनपरिषदका प्रमुख विवेक लामाले बताउनु भयो ।
जनपरिषद प्रमुख लामाले रामेछाप जिल्ला वन कार्यालय, ठेकेदार सरकारी निकायका कर्मचारी र राजनितिक दलको मिलेमतोमा उपलब्ध गराइएको उक्त काठ जनतालाई वितरण नगर्न सम्बन्धित निकायलाई आग्रह पनि गर्नुभएको छ ।
साथै उहाँले राम्रा वलिया र भरपर्दो काठ उपलब्ध गराई सहज ढंगले समयमै जनतालाई वितरण गरिदिन मागसमेत गर्नुभएको छ ।
जिल्ला जनपरिषदको मागलाई वेवास्ता गरे जनपरिषद रामेछापले कारबाहीको प्रक्रिया अगाडी बढाउन बाध्य हुने पनि लामाले चेतावनी दिनुभयो ।