राष्ट्रियताको पक्षमा नेपाल कम्युनिष्ट पार्टीद्धारा सीमा क्षेत्रमा खवरदारी :कोइलावासमा राष्ट्रिय झण्डा गाडियो

राष्ट्रियताको पक्षमा नेपाल कम्युनिष्ट पार्टीद्धारा सीमा क्षेत्रमा खवरदारी :कोइलावासमा राष्ट्रिय झण्डा गाडियो

  • शनिबार, माघ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

रेखा मगर /दाङ।

राष्ट्रियताको मुद्धा उठाएर फरक राजनीतिक यात्रा तय गरेको नेपाल कम्युनिष्ट पार्टीले सीमा क्षेत्रमा खवरदारी सुरु गरेको छ ।

वर्तमान सरकारको कार्यशैलीप्रति असहमति जनाउँदै आएको उक्त पार्टीका भातृसंगठनहरुले अव नेपाल भारत सीमा क्षेत्रमा पुगेर नेपालको झण्डा गाड्न थालेको बताएका छन ।

यसैक्रममा संगठनको केन्द्रीय कार्यक्रम अनुसार अखिल क्रान्तिकारीले दाङको कोइलावास नाकामा सीमा अतिक्रमनका विरुद्ध विरोध प्रदर्शन गर्नुका साथै नेपालको राष्ट्रिय झण्डा गाडेको छ ।

उक्त संगठका हेमन्त जीसिका अनुसार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा राप्ती क्षेत्रीय समन्वय समिती संयोजक नरेन्द्र विक लगाएतको उपस्थितिमा सीमामा पुगेर झण्डा गाडिएको हो ।

सिमा अतिक्रमण, राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय सन्धि सम्झौताका विरुद्ध दाङको कोइलावास नाकामा विरोध प्रदर्शन गरिएको उनले वताए । विरोध प्रदर्शनका क्रममा भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रियताका लागी जागरुक बनौ लगाएतका नारा लगाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ