‘मेरो सेयर’ प्रयोग नगर्दैमा सी–आस्वा सेवाबाट लगानीकर्ता बन्चित नहुने

‘मेरो सेयर’ प्रयोग नगर्दैमा सी–आस्वा सेवाबाट लगानीकर्ता बन्चित नहुने

  • शुक्रबार, माघ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, माघ २५ । सी–आस्वामार्फत् प्राथमिक सेयरमा आवेदन दिँदा ‘मेरो सेयर’को सेवा अनिवार्य लिनु नपर्ने र थप शुल्क पनि नलाग्ने केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले स्पस्ट पारेको छ ।सीडीएससीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सी–आस्वाबाट आवेदन गर्नकै लागि ‘मेरो सेयर’ आवश्यक नरहेको र सो सेवाका लागि थप शुल्क पनि नलाग्ने जनाएको हो ।

सी–आस्वा सेवा आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थालाईमात्र अनिवार्य गरिएको पनि सीडीएससीले जनाएको छ ।

अरु लगानीकर्ताहरुले पहिलेजस्तै नै आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिनसक्ने प्रावधान यथावत् रहेको जनाइएको छ ।

सी–आस्वा सेवा अनिवार्य भएपछि लगानीकर्ताले आफ्नो खाता भएको बैंकबाट सीआरएन नम्बर भने लिनुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए ।

बैंकबाट सीआरएन नम्बर लिन लगानीकर्ताले छुट्टै शुल्क तिर्नु नपर्ने तर घरबाटै अनलाइन आवेदन दिन सीडीएससीले उपलब्ध गराएको मेरो सेयरको सुविधा लिन भने वार्षिक ५० रुपैयाँ शुल्क लाग्ने सीडीएससीले स्पस्ट पारेको छ ।

कुनैपनि लगानीकर्ताले मेरो सेयर प्रयोग नगर्दैमा सी–आस्वा सेवा प्रयोग गर्नबाट बन्चित नहुने सीडीएसीले स्पस्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी