काठमाडौं ,२५ माघ । मानवतस्करीको आरोपमा कलाकार एवम्ं द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन्। दक्षिण कोरियामा कार्यक्रममा सँगै लगिएका केही मानिसहरु उतै छाडेर आएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्गीलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले खड्गीलाई मानव बेचबिखनको मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको जानकारी दिए।
उनका अनुसार खड्गीले अन्य मुलुकमा पनि मानिसहरु लगेर छाडेको विषयमा समेत अनुसन्धान अगाडी बढेको छ । डीआईजी कार्कीले अन्य केही कलाकारको नाम समेत मानव तस्करीमा जोडिएको विषयमा सीआईबीले अनुसन्धान गर्ने बताए ।
छानबिन गर्दा प्रारम्भीक चरणमा उनी दोषी देखिएकाे र अन्य केही कलाकारका पनि नाम आएकाेले अनुसन्धानमा रहेकेा बताएका छन्र ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline