काठमाडौं माघ २५ ।
लागु औषध मुद्धामा फरार पाँचतारे होटल एभरेष्टका सञ्चालक मस्कुर महमद लारी पक्राउ परेका छन् ।
आज प्रहरीले उनलाई महाराजगञ्ज स्थित घरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी) जय बहादुर चन्दले जानकारी दिनुभएको छ ।
अदालतका फरार अभियुक्तको सुचीमा रहेका उनलाई प्रहरीले पनी मोस्ट वान्टेड सुचिमा राखेको थियो ।
प्रहरी स्रोतका अनुसार १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० केजी चरेस तस्करी प्रकरणमा लारीको संलग्नता रहेको खुलेको थियो ।
जिल्ला अदालत काठमाडौंले २०६८ मा लागु औषध मुद्धामा लारीलाई पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको थियो । त्यसयता उनी फरार थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline