नेकपा निकट क्रान्तिकारी विद्यार्थीद्वारा सीमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध प्रदर्शन

नेकपा निकट क्रान्तिकारी विद्यार्थीद्वारा सीमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध प्रदर्शन

  • बिहिबार, माघ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

काठमाडौं , २५ माघ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमण र राष्ट्रघाती असमान सन्धि सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ ।

क्रान्तिकारी बिद्यार्थीहरुले आज तराईको विभिन्न स्थानमा भईरहेको सिमा अतिक्रमणको बिरोध तथा असमान सन्धी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

यसैक्रममा आज बिहान भारतसँग सिमा जोडिएका झापा, सुनसरी , कैलालीली लगायतका जील्लाहरुमा प्रदर्शन गरिएको थियो ।

कैलालीको लम्किमा अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन गरेको छ । भने झापाको कांकडभिट्टामा पनि आज बिहान विरोध प्रदर्शन गरिएको थियो ।

अखिल (क्रान्तिकारी) मेची ब्युरोको आयोजनामा भारतीय हस्तक्षेप बन्द गर !, दलाल संसदीय व्यवस्था चांहिदैन , देश बेच्न पाइदैन !, एकीकृत जनक्रान्ती जिन्दावाद ! लेखिएका प्लेकार्डसहित बिद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

त्यस्तै सुनसरीको धरानमा पनि आजै अखिल (क्रान्तिकारी) सुनसरी जिल्ला समितिको आयोजनामा भारतले नेपालको सीमा अतिक्रमण गरेको बिरोधमा अतिक्रमित भुमी फिर्ता गर !, वैदेशिक हस्तक्षेप बन्द गर !, दलाल संसदीय व्यवस्था खारेज गर !, जनताको जनसरकार निर्माण गर !, चरम मुल्य वृद्धि फिर्ता गर ! जस्ता नारा सहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनपछि भानुचौकमा गरिएको कोणसभालाई सम्बोधन गर्दै नेकपा सुनसरीका इन्चार्ज प्रज्वल श्रेष्ठले काग्रेस , एमाले र माओवादीका दलाल नेताहरुले सत्ता र कुर्सी जोगाउन राष्ट्रघाती सम्झौता गर्ने तथा देश बेच्ने काम गरेको बताउनु भयो । उहाँले अब यस्ता दलाल राष्ट्रघाती नेताहरुलाई समातेर सिमामाथि ज्यादती तथा अतिक्रमणको सपना नदेख्न भारतलाई पनि उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीका कोशी संयोजक नवराज भट्टराई, धरान उपमहानगरका ईन्चार्ज चट्टान राई ,विद्यार्थी जिल्ला अध्यक्ष पुस्प न्यौपानेले सम्बोधन गरेका छन् ।

विद्यार्थीले औपनिवेशिक शिक्षा विरुद्ध वैज्ञानिक समाजवादी शिक्षा लागु गर्ने उदेश्यका साथ मुलुकभर अभियान नै सन्चालन गरिने विद्यार्थी नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी