त्रिशूलीमा दूध ट्यांकर खस्दा दुईको मृत्यु

त्रिशूलीमा दूध ट्यांकर खस्दा दुईको मृत्यु

  • बिहिबार, माघ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

 

चितवन, २५ माघ । 

चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ । बिहान करिब ५ः५५ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ । सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन् । घटनास्थल नारायणगढबाट १६ किमी मुग्लिनतर्फ पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ