ताइवानमा शक्तिशाली भूकम्प सातको मृत्यु, २५४ घाइते

ताइवानमा शक्तिशाली भूकम्प सातको मृत्यु, २५४ घाइते

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 

ताइवान, २४ माघ। 

ताइवानमा बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी कम्तीमा २५४ घाइते भएका छन् ।

भूकम्पबाट पीडित भएकालाई सहयोगका लागि उद्धार टोली पठाउन चीनले चाहना व्यक्त गरेको छ ।

झण्डै २०० भन्दा बढी पीडितको उद्धार गरिए पनि अरू ८८ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् ।

पूर्वी चीनको फुजिअन प्रान्तमा घाइते भएकी एक महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकारीहरूले भूकम्पपछिको उद्वारका लागि ठूलो संख्यामा सेना र प्रहरीसहितका उद्वारकर्मी खटाइएको बताएका छन् ।

बुधबार बिहान १०ः४० बजे आएको सो भूकम्प ६.५ रिक्टर स्केलको थियो । त्यस भूकम्पले ठूलो भौतिक क्षति पु¥याएकोे छ । तर अहिले उद्वारको कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण प्राप्त हुन सकिरहेको छैन ।

ताइवानमा यतिखेर विदेशी पर्यटक जाने मौसम हो । त्यसैले भूकम्पमा पर्यटकहरू पनि परेको अनुमान गरिएको छ ।

उक्त भूकम्पपछिका कैयौँ पराकम्पका कारण नागरिकको जनजीवन अस्तव्यस्त भएको छ भने उनीहरू त्रसित अवस्थामा रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ