शेयरबजार परिसुचक नेप्से आ १२ अंकले ओरालो

शेयरबजार परिसुचक नेप्से आ १२ अंकले ओरालो

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, माघ २४ ।
शेयरबजार परिसुचक नेप्से आज १२ अंकले घटेको छ । हिजो ६ अंकले घटेको नेप्से आज १२ अंकले ओरालो लाग्दै १३ सय ८२ विन्दुमा आइपुगेको हो ।
आज कारोबार रकम भने हिजो भन्दा २ करोड बढेर २६ करोड ५५ लाख पुगेको छ ।
वित्त बाहेकका सबै समूहको कारोबार घटेको दिन आज सबैभन्दा धेरै बिमा समूह ८३ अंकले घटेको छ । यस्तै होटल समूह १८ दशमलव १३, उत्पादन समूह १६ र लघुवित्त समूह १५ दशमलव ९१ अंकले घटेका छन् ।
वित्त समूह भने ४ दशमलव ३३ अंकले बढेको छ । आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर ५ करोड १८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
बजार घटे पनि आज गुह्येश्वरी मर्चेण्ट वित्तिय सस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् भने सबैभन्दा धेरै कालिका लघुवित्त बैंकका लगानीकर्ताले ४ प्रतिशत रकम गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी