धनकुटालाई स्थायी राजधानी बनाउन पहल गर्छु : प्रधानमन्त्री

धनकुटालाई स्थायी राजधानी बनाउन पहल गर्छु : प्रधानमन्त्री

  • बुधबार, माघ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं माघ २४, ।

प्रधानमन्त्री शेरबहादुर देउवाले धनकुटालाई प्रदेश नं १ को स्थायी राजधानी बनाउन आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिनु भएको छ ।

सरकारले विराटनगरलाई प्रदेश १ को अस्थायी मुकाम तोकेपछि राजीनामा दिएका नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तहका कार्यसमितिका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीसँग बालुवाटारमा आज भएको छलफलमा उहाँले यस्तो आश्वासन दिनु भएको हो ।

नेपाली कांग्रेसका पार्टी सभापति समेत रहनुभएका देउवाले राजीनामाले समस्या समाधान नहुने भन्दै पदमानै रहेर धनकुटाको विकास र पार्टीका संगठन बिस्तारमा थप जिम्मेवार भएर लाग्न निर्देशन दिनुभयो ।

उहाँले राजीनामा फिर्ता लिन पुनः लिखित आग्रह गर्नु भएको कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताउनुभयो ।

कांग्रेस धनकुटाका प्रतिनिधिमण्डलले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउन, जिल्लामा मेडिकल कजेल, सीटीईभीटीको कार्यालय, प्रदेश स्तरको लोकसेवा, शिक्षा आयोग, यातयात तथा राजश्व कार्यालय स्थापाना गर्न तथा धनकुटा अस्पताललाई ५० शैय्याको सरकारी सेवा सुविधाबाट संचालन गर्न, कृषि क्याम्पस संचालन गर्न थप बजेटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ