काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्ससम्झौतामाइन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।
सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजनकारी प्राप्तगर्न सक्नुहुनेछ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्न शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतकाबीमा योजनाल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमा मापहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।