काठमाडौं, माघ २४ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि अहिले मतदान सुरु भएको छ । विहान १० बजे देखि अपरान्ह ३ बजे सम्म मतदानको समय निर्धारण गरेको छ ।
संविधान अनुसार संघीय संरचनाका लागि हुनुपर्ने स्थानीय प्रदेश र प्रतिनिधी सभा निर्वाचन सकिए पनि बाँकी राष्टिय सभा निर्वाचनका लागि आज ७ प्रदेश मध्ये ६ प्रदेशमा मतदान हुन लागेको हो ।
प्रदेश नं २ मा भने आवश्यक ८ सिटका लागि सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनका लागि ६ वटा प्रदेशमा ३२ सिटका लागि ५२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
५२ उम्मेदवारलाई १ हजार ६ सय ७७ जनाले मतदातादे मताधिकार प्रयोग गर्दै छन् । निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ ।
प्रत्येक मतदान स्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्र वर मतपत्रको पनि छट्टै व्यवस्था गरिएको छ । मत बदर नहोस भन्नका लागि आयोगले यस पटक भने स्वस्तिक चिन्हको प्रयोग नगर्ने बताएको छ ।
यस्तै आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ ।
मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको एहाँले जानकारी दिनुभयो । आयोगले निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाएको छ ।
आयोगले सकेसम्म आजै र नभए भोली सम्ममा सबै पदको मत परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।