काठमाडौं, २३ माघ ।
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा भएको तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ५३ जनालाई पक्राउ गरेको छ ।
आज दिँउसो शर्माको घरमा तोडफोड भएपछि प्रहरीले सडकमा हिड्ने सर्वसाधारणलाई समेत समातेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीहरुलाई महनगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ मा रहेको शर्माको घरमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline