२३ माघ,काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना प्रेस सल्लाहकारलाई कारवाही गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध फेसबुकमा स्टाटस लेखेर विवादमा आएका संयोजक मनहरी तिमिल्सिना कारवाहीमा परेका हुन् । ओलीको निर्देशनपछि प्रचण्डले तिमिल्सिनालाई जिम्मेवारीबाट हटाएका हुन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको बेला तिमिल्सिनाले फेसबुकमा ओली भारतको भक्त भएको बताउँदै महाकाली सम्झौताको मुख्या योजनाकार भएको लेखेका छन् । फेसबुकमा तिमिल्सिनाले ओलीले सुष्मालाई बोलाएर भारतीय हस्तक्षेपलाई निम्त्याएको लेखेका थिए । उनले ओलीलाई कुकुरसँग समेत दाँजेका थिए ।
स्टाटस भाइरल भएसँगै तिमिल्सिना प्रचण्ड सचिवालयमा रहे नरहेकोबारे सोधेका थिए । प्रचण्डले आफ्नो प्रेस सहयागी भएको बताएपछि ओलीले तुरुन्त कारवाही गर्न भनेका थिए । ओलीको आदेशात्मक भनाई लगत्तै प्रचण्डले तिमिल्सिनालाई जिम्मेवारीबाट हटाएको बताइएको छ ।
प्रचण्डले तिमिल्सिनालाई सचिवालयमा नआउने समेत भनेका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रचण्डले नै तिमिल्सिनालाई लेख्न लगाएको समेत बताएका थिए । पार्टी एकताबारे ओलीले आनाकानी गरेको र भारतीय विदेशमन्त्रीलाई बोलाएर आफूलाई छायाँमा पार्न लागेको भन्दै प्रचण्डले आफ्ना सहयोगीमार्फत ओलीविरुद्ध अभियान चलाएको बताइएको थियो ।
कारवाहीमा परेपछि तिमिल्सिना अस्पताल भर्ना भएका छन् । उनले फेसबुकमा अस्पताल भर्ना भएको फोटो सार्वजनिक गर्दै केही दिन आराम गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमा यसलाई तिमिल्सिनाले प्रचण्ड सचिवालयबाट स्वभाविक हटाईको रुपमा अर्थ लगाएका छन् ।
यस्ता थिए तिमिल्सिनाले लेखका तीन बुँदा
१. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।
२. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।
३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए । १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै ।
तिमिल्सिनाको स्टाटसपछि ओलीले प्रतिक्रिया यस्तो थियो
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् ।
प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या योजनाकार भएको उल्लेख गरेका थिए । प्रचण्डको सचिवालयबाटै त्यस्तो स्टाटस आएपछि एमाले नेताहरुलाई गम्भीर बनाएको छ । त्यसपनि पनि अध्यक्ष ओली त निकै गम्भीर भएको बताइएको छ ।
बालकोट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सचिवालका सदस्यमार्फत तिमिल्सिनाको स्टाटस आफैले शुक्रबार नै स्टाटस पढेका थिए । एमाले निकट दैनिक नेपालले उक्त स्टाटसबारे बनाइएको समाचार अध्यक्ष ओलीले पढेका थिए ।
“माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयबाट चरित्रहत्या हुने आएको स्टाटसबारे अध्यक्षलाई जानकारी गराएका थियौँ । आफै हेर्ने चाँसो राखेपछि समाचार नै देखायौं । आफै पढेपछि गम्भीर हुनुभयो” बालकोट स्रोतले भन्यो । ओलीले सुरुमा प्रचण्डका प्यादाले के लेखेको भन्ने सुनेको छु भन्दै स्टाटसबारे चाँसो राखेका थिए ।