प्रदेश ७ को संसदीय दलको नेता चयनमा माओवादीभित्र बिबाद ,विधि र प्रकृया विनै भट्टलाइ चयन गरिएकाे अाराेप

प्रदेश ७ को संसदीय दलको नेता चयनमा माओवादीभित्र बिबाद ,विधि र प्रकृया विनै भट्टलाइ चयन गरिएकाे अाराेप

  • मङ्लबार, माघ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कैलाली, माघ २३ । ७ नम्बर प्रदेशकाे प्रदेश सभा माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् ।

माओवादी सचिवालय सदस्य एवं प्रदेश ईन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएसंगै भट्ट मुख्यमन्त्रीको उम्मेदवार बन्ने बाटो खुला भएको छ ।

माओवादीको प्रदेश कमिटीले यसअघि नै मुख्यमन्त्रीको उम्मेदवार डोटीबाट निर्वाचित सांसद भट्टलाई बनाउन पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।

माओवादी प्रदेश ईन्चार्ज लेखराज भट्टले त्रिलोचन भट्टलाई पार्टीको संसदीय दलको नेता बनाउने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिनुभयाे ।

बैठकमा संसदीय दलको नेतामा आ–आफ्नो दावी प्रस्तुत गर्ने कैलालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित बीरमान चौधरी र दार्चुलाबाट निर्वाचित मानबहादुर धामीले उक्त निर्णयप्रति असन्तुष्ति व्यक्त गरेका छन् । बैठकमा आफूहरुको दावीमाथि छलफल नै नभएर एकलौटी रुपमा विधि र प्रकृया विनै निर्णय भएको उनिहरूकाे भनाइ छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ