२२ माघ,काठमाडौं । नेपाल अायल निगमको ट्यांकरको ठक्करबाट घाइते थाई एयरवेजका एक कर्मचारीको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै सोमबार निगमको इन्धान बोकेको ट्यांकरले ठक्कर दिएको थियो ।
काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु वनको मृत्यु भएको प्रहरीले बताएको छ । थाइ एयरवेजका सिनियर टेक्निसियन वनको उपचारको क्रममा काठमाडौंको सिनामंगलस्थित केएसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ट्यांकर चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिई छानबिन अघि बढाएको छ। चालक नेपाल आयल निगमकै कर्मचारी हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline