राष्ट्रपति र प्रचण्डबीच गोप्य सहमतिः ओली अन्याेलमा !

राष्ट्रपति र प्रचण्डबीच गोप्य सहमतिः ओली अन्याेलमा !

  • मङ्लबार, माघ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२३ माघ ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य सहमित भएको छ । राष्ट्रपतिमा पुनः दोहोरिने भण्डारीले इच्छा व्यक्त गर्दै केही दिनदेखि घनिभूत रुपमा छलफल चलाइरहेकी छन् ।

त्यसैक्रममा राष्ट्रपति भनण्डारी र प्रचण्डबीच लञ्च मिनिङ भयो । स्रोतका अनुसार प्रचण्ड भण्डारीलाई दोहोर्याउन सहमत भएका छन् । तर, त्यसको लागि आफूलाई पार्टी अध्यक्ष बनाउन र उपराष्ट्रपतिमा फेरि पनि नन्दबहादुर पुनलाई दोहोर्याउने सर्त राखेका थिए । प्रचण्डको उक्त सर्त भण्डारीले पनि स्वीकार गरेको बताइन्छ । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएको स्रोतका दाबी छ ।

राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याउन मनस्थितिमा भएपनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन तयार नभएका ओली झस्केका छन् । ओली प्रचण्ड सहमत भएकोमा खुशी भएका त छन् तर अध्यक्ष बनाउनु पर्ने बाध्यता आउनेमा डराएका छ् । राष्ट्रपतिले नै प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनु पर्ने भन्दै लविङ गरेपछि ओली थप दवावमा परेका छन् ।

आफूलाई दोहोर्याउन पक्षमा प्रचण्ड नभएको राष्ट्रपति भण्डारीको ठम्याई थियो । तर, लञ्ज मिटिङमा प्रचण्डले सहमति जनाएपछि भण्डारी उत्साहित भएको बताइन्छ । यो सहमतिले एमालेभित्र खैलाबैला हुने देखिएको छ । वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति हुने इच्छा व्यक्त गरिसकेका छन् । उनले सार्वजनिक रुपमै भनिसेको र त्यसको लागि लविङ गरिरहेका थिए । यसमा अर्का नेता माधव कुमार नेपालले साथ दिएका थिए ।

पछिल्लो सहमतिले खनालको इच्छा पूरा नहुने देखिएको हो । योसँगै एमालेभित्र बन्ने तयारीमा रहेको प्रचण्ड गुट भत्किने देखिएको छ । खनाल र नेपाल दुबै नेताले प्रचण्डलाई अध्यक्ष बनाउनु पर्ने बताउँदै आएका छन् । उनीहरु कुनैपनि हालतमा ओली र प्रचण्डबीच एकता हुन नदिने पक्षमा थिए तर राष्ट्रपति भण्डारीको पछिल्लो छलफल, भेटवार्ताले फेरि ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउने देखिन्छ । यसले पार्टी एकतालाई सजिलो हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ