२२ माघ,धनगढी । नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा अक्कल रावललाई सिफारिस गरेको छ । प्रदेश कार्यालय बैठकले अछाम क्षेत्र नम्बर २ को क बाट निर्वचित रावललाई प्रमुख सचेतकको रुपमा पार्टी केन्द्रलाई सिफारिस गरेको हो ।
सोही बैठकले मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई सिफारिस गरेको थियो ।
प्रमुख सचेतकमा विवाद नभएपनि मुख्ममन्त्रीमा भने मानबहादुर धामी र वीरमान चौधरीले विरोध जनाइरहेका छन् ।
प्रदेश पार्टीले सिफारिस गरेपनि केन्द्र पार्टीले टुंगो भने लगाइसकेको छैन । मुख्यमन्त्रीको हकमा स्थानीय स्तरमा विवाद भएपनि सचेतकमा भने नभएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।
मुख्यमन्त्रीबारे अर्को पात्रको बारेमा छलफल भएपनि प्रमुख सचेतकको हकमा भने प्रदेश पार्टीले सिफारिस गरेअनुसार नै केन्द्रले निर्णय गर्ने बताइन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline