सन्तपुर एकीकृत नमूना बस्ती भोली हस्तान्तरण गरिने

सन्तपुर एकीकृत नमूना बस्ती भोली हस्तान्तरण गरिने

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

रौतहट, २२ माघ ।

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती भोली हस्तान्तरण गरिने भएको छ ।
हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर भोली एक कार्यक्रमको आयोजना गरि बाढीपीडित दलित परिवारलाई हस्तान्तरण गर्न लागिएको हो ।

गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् ।
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले जानकारी दिनुभयो ।

एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको पनि उहाँले बताउनु भयो । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ