मालदिभ्स्मा राजनीतिक संकट बढ्यो

मालदिभ्स्मा राजनीतिक संकट बढ्यो

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

माले, २२ माघ ।
मालदिभ्स्मा राजनीतिक संकट झनै चुलिएको छ । गत बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण थप तनाव उत्पन्न भएके जनाईएको छ ।

आइतबार मालदिभ्स्को सरकारले सेना र प्रहरीलाई सर्वाेच्च अदालतको आदेशको पालना नगरेकोभन्दै सर्वाेच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न निर्देशन जारी गरेसँगै संकट झन चुलिएको हो ।

उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर त्यहाँको वर्तमान सरकार उनीहरुलाई रिहा गर्ने पक्षमा छैन ।

अदालतको आदेश नमानेको भनेर सर्वाेच्च अदालतले सरकारको कदमप्रति आलोचना गर्दै आएको छ । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उहाँलाई पक्राउ गर्नुपर्ने आदेशसमेत दिनसक्ने अनुमान गरिएको छ ।

उता पूर्व राष्ट्रपति नसिदका कार्यकर्ताले उहाँलाई रिहा गर्नुपर्ने माग गर्दै मालदिभ्स्को राजधानी मालेमा व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । आजपनि बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन् ।

नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वा्चित हुनुभएको हो । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’ गरेर हटाइएको थियो ।

उहाँलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो ।
पछिल्लो समयमा मालदिभ्स्मा सर्वाेच्च अदालत र सरकारबीच विवाद बढ्दै गएको छ । यस विवादका कारण यहाँको राजनीतिक संकट थप गहिरिने अनुमान गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ