हवाई कारबाहीमा ३७ तालिवान आतंककारी मारिए

हवाई कारबाहीमा ३७ तालिवान आतंककारी मारिए

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

अफगानिस्तान, २२ माघ ।
अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन् ।

तालिवान लक्षित कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा आज पनि जारी रहेको सैनिक प्रवक्ताले जानकारी दिनुभएको छ ।

सरकारी सुरक्षाबलले हेलिकोप्टरबाट कारबाही जारी राखेको प्रवक्ता नुस्रातुल्लाह जमसिदीले बताउनुभएको छ । बादख्सानको वार्डोज जिल्लामा भएको यस कारबाहीमा अन्य छ जना तालिवान आतंककारी घाइते भएको जनाइएको छ ।

केही समययता आतंककारीविरुद्ध गरिने हवाई आक्रमण बढाइएको अफगान रक्षा मन्त्रालयका प्रवक्ता जनरल दौउलत वाजिरीले बताउनुभएको छ ।

यस कारबाहीको विषयमा तालिवान आतंककारीले केही टिप्पणी गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ