कञ्चनपुरमा बल्झियो नेपाल भारत सीमा विवाद

कञ्चनपुरमा बल्झियो नेपाल भारत सीमा विवाद

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

कन्चनपुर, माघ २२ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका १० मा सुरु भएको बाटो बिस्तार कार्यमा भारतीय पक्षले अबरोध गरेको छ ।

सिमाक्षेत्र आवत जावत गर्न प्रयोग हुँदै आएको सडकघाटको नेपाली भूमीतर्फको सडकलाई फराकिलो बनाउने कार्य सुरु भएपछि भातीय पक्षले अबरोध गरेको हो ।

नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माण गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले अबरोध गरेको स्थानीयले बताएका छन् ।

नेपाली नागरीकले लालपुर्जा भएको खेतिबाली लगाउँदै आएको आफनै दर्ता जमिनमा बाटो फराकिलो बनाउन खोज्दा समेत भारतिय पक्षले अनावश्यक रुपमा हस्तक्षेप गर्न खोजेको स्थानीयको भनाई छ ।

वर्षौ देखि प्रयोग गर्दै आएको नेपाली भूमिमा आफुहरुले बाटो बिस्तार गर्दा भारतीय पक्षले चाँसो देखाउनु भारतको नांगो हस्तक्षेप भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
भारतीय पक्षले भने सीमा स्तम्भ नम्बर ३२ र ३३ नाघेर नेपाली पक्षले खेती गरेको आरोप लगाउदै बाटो बिस्तारमा अबरोध गरेको हो ।
आफुहरुले २४ बर्ष उक्त जग्गामा भोग चलान गर्दै आएको र भारतीयपक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहाप्रवृति देखाउने गरेको भन्दै जुनसुकै हालतमा पनि आफ्नो भूमिको सडक फराकिलो बनाने अडान राखेका छन् ।

भारतीय पक्षको अबरोध र स्थानीयको अडानपछि सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेलासम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरु बीच मौखिक समझदारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ