सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २२ माघ ।
ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति बा २९ प ३९९५ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक ओखलढुंगाका प्रेमबहादुर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार भोजपुरका गणेश तिवारीको भने सोही अस्पतालमा उपचार भैरहेको छ ।

यसैबीच धादिङको गजुरी गाउँपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । मृत्यु हुनेमा गोरखाका ४० बर्षीय सुजित श्रेष्ठ रहेका छन् ।

गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ८७९० नम्बरको माइक्रोबसलाई बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६०१९ नम्बरको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका श्रेष्ठको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेहरुको काठमाडौको ट्रमा सेन्टर उपचार भइरहेको बताइएको छ ।

ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ