पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

  • आइतवार, माघ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बेइजिङ, माघ २१ । चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ ।

अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका संगठनले उल्लेख गरेको छ ।

संगठनले केही समाचार बिषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि दर्ता गरिएको तथा केही समाचार सामग्री झुटा रहेको बताएको छ ।

समाचारमा तथ्यगत सामग्रीको प्रयोग नगरिँदा यसले चिनियाँ पत्रकारिता पुरस्कारमाथिको विश्वसनीयता तथा विशेषतामा नै असर पर्ने चिनियाँ पत्रकार संगठनले जनाएको छ ।

संगठनले पुरस्कारका लागि तय गरिएको उक्त मापदण्डले झुटा समाचार निर्माण तथा प्रशारणमा योगदान गर्ने विश्वास लिएकोे बताएको छ ।

संगठनले सन् १९९० मा स्थापना गरेको चिनियाँ पत्रकारिता पुरस्कार र चाङजियाङ तथा ताओफेन पुरस्कारहरू चीनको पत्रकारिता क्षेत्रमा सबैभन्दा उत्कृष्ट (ठूला) पुरस्कारहरू हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ