काठमाडौं, २१ माघ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले अहिलेको संसदीय चुनाव साम्राज्यवादीहरुको मुख्य योजनामा रातारात नेपालमा उब्जाएको दलाल पुँजीपति वर्ग ,त्यसको सत्ता र व्यवस्थालाई सुद्रिण गर्ने मूर्खतापूर्ण हर्कतका साथ अगाडि आएको बताउनु भएको छ ।
उहाँले यो चुनावले जनताको सत्ता र व्यवस्थालाई स्थापित गर्न नसक्ने भन्दै प्रवक्ता प्रकाण्डले त्यसलाई रोक्नका लागि र धक्का दिन क्रान्तिको एउटा नयाँ प्रक्रिया अघि बढिरहेको बताउनु भयो ।
उहाँले नयाँ क्रान्तिको मोडल भनेनै एकीकृत जनक्रान्ति भएको ठोकुवा गर्नुभयो । उहाँले जनताले अहिलेसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै त्यसको आधारमा आगामी क्रान्तिको तयारीको कार्यक्रमको रुपमा एकीकृत जनजागरण अभियान अघि बढाएको बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन बनाएर आपूmहरुलाई ‘सच्चा’ कम्युनिष्ट भन्दै जनतासामु भ्रम सिर्जना गरिरहेको बताउनु भयो ।
साम्राज्यवादीहरुको डिजाईनमा नेपालका नयाँ र पुराना दलालहरुले गरेको भ्रम र सपना भएको, नेपाल र नेपालीलाई सधैँ अधिकारविहीन र पछौटे बनाइराख्ने चाल भएको प्रकाण्डको ठोकुवा छ ।
प्रवत्ता प्रकाण्डले भन्नुभयो, एमाले र माओवादी केन्द्रको गठबन्धन वाम नै होइन । २१ औँ शताब्दीमा साम्राज्यवादको चरित्र बोकेर, उत्तर साम्राज्यवादी बनेर जसरी अगाडि आएको छ, त्यसैबाट सृजना गरिएको यो एउटा खतरनाक प्रवृत्ति हो यो ।
प्रवक्ता प्रकाण्डले यहि प्रवृतिलाई चिर्न तथा राष्ट्यिता र जनजिविकाका मुद्धामा जनतालाई बुझाउने , सचेत बनाउने , संगठनात्मक संरचना निर्माण र बिस्तार गर्नका लागी अभियान अन्तरगत अहिले नेकपाका नेता कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेको बताउनु भयो ।