शेयर बजार : एक अर्ब बढीको कारोबार

शेयर बजार : एक अर्ब बढीको कारोबार

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, २० माघ  । 

धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर बिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा २१ दशमलव २८ प्रतिशत कम हो ।

गत साता १७७ कम्पनीको रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरका ५० लाख ५९ हजार ९३० कित्ता शेयर खरिद बिक्री भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ५७ अंकले बढेर अन्तिम दिन एक हजार ४११ दशमलव ५२ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ११ अंकले बढेर २९८ दशमलव १२ अंकमा पुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिम माई हाइड्रोपाजवर लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु आठ करोड २५ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएको थियो ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ११ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता काबेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता बोनस, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १० लाख ६९ हजार ३५, ग्लोबल आईएमई बैंकको ८० लाख ८० हजार ३४१ र लक्ष्मी बैंकको ७४ लाख ७२ हजार ४१२ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी