अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, गुप्तचर निकाय एफबीआईलाई तनाव

अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, गुप्तचर निकाय एफबीआईलाई तनाव

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी, माघ २० । अमेरिकी कंग्रेसले अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको एउटा विवादित कागजात सार्वजनिक गरेको छ ।

सो कागजात सन् २०१६ मा भएका अमेरिकी राष्ट्रपति चुनावमा रुसले गरेको हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानसँग सम्बन्धित रहेको छ ।

यो ज्ञापन रिपब्लिकन पार्टीका सांसदले तयार पारेको र गत राष्ट्रपतीय निर्वाचनका अभियानका क्रममा गुप्तचर अनुसन्धानसँग सम्बन्धित रहेको बताइएको छ ।

डेमोक्रेटिक पार्टी यो कागजातलाई सार्वजनिक गर्न रोक्ने पक्षमा छ । डेमोक्रेटिक पार्टीले गुप्त जानकारीमा आधारित यो ज्ञापन सार्वजनिक गरेर ट्रम्पको विरुद्ध जारी अनुसन्धान भड्काउने कोसिस हुने जनाएको छ ।

डेमोक्रेटको विरोधकैबीच कंग्रेसका सभामुख रिपब्लिकन पार्टीका पर्ल रायनले विशेष काउन्सुल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानलाई ज्ञापन सार्वजनिक गर्दा हुने कुनै असर नपर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ