काठमाडौं , १९ माघ ।
नेपाल कम्युनिष्ट पार्टीले देशब्यापी रुपमा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ।
मध्य केन्द्रीय कमाण्ड अन्तर्गत रहेका उपत्यका विशेष ब्युरो , पुर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र नारायणीमा यहि माघ ६ देखि १४ गतेसम्म सम्बिन्धित क्षेत्रमा प्रशिक्षण भएको थियो ।
यस्तै पश्चिम कमाण्ड अन्तर्गत राप्ती ब्युरोको प्रशिक्षण दाङको घोराहीमा सम्पन्न भएको छ । प्रशिक्षणमा पार्टीका ब्युरो र जिल्ला स्तरिय नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।
पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगर ‘विषम’, केन्द्रीय सदस्यहरु शितल, सुभास, अटलले आफनो पार्टीले शुरु गरेको तिन महिने अभियानलगायतका विषयमा प्रशिक्षण दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका विष्णु ओली र डिल्ली शर्मालाई पार्टी प्रवेश गराइएको केन्द्रीय सदस्य शितलले जानकारी दिनुभयो । यस्तै गण्डक ब्युरोको आन्तरिक प्रशिक्षण कास्कीको पोखरामा सम्पन्न भएको छ ।
उक्त प्रशिक्षणमा कमाण्ड इन्चार्ज विषमसँगै पोलीट ब्युरो सदस्य ओमप्रकाश पुन केन्द्रीय सदस्य द्वय आस्था र मामाले पनि प्रशिक्षण दिनुभएको थियो ।
यसैगरी धौलागिरी , लुम्बिनी ब्युरो प्रशिक्षणमा ब्युरो इन्चार्ज एवं पोलिट ब्युरो सदस्य विरजंग र केन्द्रीय सदस्य विजयले प्रशिक्षण दिएको पश्चिम केन्द्रीय कमाण्ड कार्यालय श्रोतले जानकारी दिएको छ ।
यस्तै पूर्वी कमाण्ड अन्र्तगतका सबै ब्युरोहरुमा आन्तरिक बैठकहरु सम्पन्न भएका छन् । अब छिटटै राजनैतिक प्रशिक्षणहरु पनि चलाईने कमाण्ड इन्चार्ज विहरीले जानकारी दिनुभयो ।
उता सुदुरपश्चिम केन्द्रीय कमाण्ड अन्तर्गत कर्णाली ब्युरोको प्रशिक्षण सम्पन्न भएको छ भने भेरी ब्युरोको प्रशिषण पनि सकिएको छ । सबै प्रशिक्षणहरुमा पोलिट ब्युरो सदस्यहरु र केन्द्रीय सदस्यहरु सहभागी भएको बताइएको छ ।