१९ माघ, काठमाडौं ।
महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा आज बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् ।
बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो ।
प्रशिक्षकसहित चार घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन ।
उनीहरुको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline